सय दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गरेको उर्जामन्त्रीको दाबी

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारको १०० दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको दावी गरेका छन् ।
आफ्नो एक सय दिनको कार्यप्रगति सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले मन्त्रालयको नीति, योजना तथा कार्यक्रम र गतिविधिहरूलाई प्रभावकारी रुपमा अगाडि बढाइएको र लक्ष्य अनुसार सय दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको दावी गरेका हुन् । यसबीचमा आएको बाढी र पहिरोपछि उद्धार राहत तथा विद्युत आपूर्ति लगायतका सेवा पुराउनुपर्ने क्षेत्रमा ध्यान केन्द्रित गरेकाले लक्ष्य अनुसारको अन्य कामहरू चाँडै सम्पन्न हुने उनले बताए ।
उनले ठूला जलविद्युत् परियोजना, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण, निजी क्षेत्रको सहभागिता र दुर्गम क्षेत्रमा विद्युत विस्तार लगायतका कार्यहरूमा उल्लेखनीय प्रगति हासिल गरेको जिकिर गरे । मन्त्री खड्काले अन्तरदेशीय विद्युत व्यापार र जलस्रोत व्यवस्थापनका लागि द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई तीव्रता दिइएको, बाढी नियन्त्रण, बहुउद्देश्यीय आयोजनाको विकास र सिँचाइ सुविधाको विस्तार लगायतका क्षेत्रमा समेत महत्वपूर्ण उपलव्धि हासिल गरेको जानकारी दिए ।
एकबर्षभित्र देशका सवै नागरिकको घरमा विद्युत पुराउने, विद्युतको स्वदेशमा नै अधिकतम खपत गर्ने र बाँकी रहेको बिजुली भारत र बङ्गलादेशमा बिक्री गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए ।
त्यस्तै मन्त्री खड्काले डडिकेटेड तथा ट्रंकलाइनका बिषयमा देखिएको असमझदारी मन्त्रालय र विद्युत प्राधिकरण मिलेर टुङ्गोमा पुराउने जिकिर गरे । प्राधिकरण र मन्त्रालयबीचको मतभेदको कुरा समाचारका शीर्षकमात्रै भएको र यसमा कुनै सत्यता नरहेको उनले बताए । उनले कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने कुनै सोच नरहेको उल्लेख गरे । मन्त्रालय र प्राधिकरणको टीम मिलेको भन्दै मन्त्री खड्काले घिसिङलाई पदबाट हटाउनुपर्ने आवश्यकता आफूले महसुस नगरेको पनि बताए ।
उनले व्यवसायीसँगको विवादलाई अन्त्य गर्दै प्रयोग भइसकेको बिजुलीको बक्यौता प्रमाणका आधारमा असुलउपर गर्ने स्पष्ट पारे ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_WIGSgfQuyF_dhvxsajcxcgm25cd9nqzyaomv8xjs5hbfhlfnjw1sapzfhbumirxtzxwagon.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया