फेरियो बाबुरामको पार्टीको नाम

काठमाडौँ - डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सम्पन्न भएको छ । पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्नेसमेत निर्णय गरेको छ ।
पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णय समेत गरेको छ । पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ ।
विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने टुङ्गो लगाएको छ । पदाधिकारीहरुमा अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–१, सचिव–३ र कोषाध्यक्ष–१ रहने बताइएको छ ।
विधान अधिवेशनले विचार र सिद्धान्त मिल्ने नयाँ दलहरूसँग पार्टी एकता र ध्रुवीकरण गर्दै अगाडि जाने प्रस्ताव गरे पनि माओवादी केन्द्र लगायतका पुराना दलहरूसँग भने एकता नगर्ने निष्कर्ष निकालेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया