सन्दीप जोराको कप्तानीमा हङकङ सिक्सेस खेल्ने टिमको घोषणा

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ सिक्सेसमा भाग लिने टिमको घोषणा गरेको छ ।
क्यानले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टिमको घोषणा गरेको हो ।
जसमा जोरासहित नारायण जोशी, प्रतिष जिसी, राशिद खान, लोकेश बम, बिबेक यादव र दिपेन्द्र रावत रहेका छन् । साथै प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।
५ ओभरमा खेलिने यस प्रतियोगितामा १२ देशले भाग लिदै छन् । नेपाल भने पूल बी मा अस्ट्रेलिया र इङल्याण्डसँग रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल नोभेम्बर २ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।
प्रतियोगिताको पुल ए मा हङकङ, न्यूजील्याण्ड र दक्षिण अफ्रिका रहेका छन् भने पुल सी मा भारत, पाकिस्तान र युएई तथा पुल डी मा बंगलादेश ओमान र श्रीलंका रहेका छन् ।
एक टिममा ६ जनाले खेल्ने यो प्रतियोगिताको खेल ५ ओभर खेलाइन्छ । यस अघि ८ देशले भाग लिने गरेकोमा यस पटक १२ देशलाई सहभागी गराइएको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया