शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर, बन्यो विश्वकै ३०औँ मूल्यवान कम्पनी

काठमाडौं- कोरियाली कार उत्पादन कम्पनी हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर पुगेको छ। योसँगै २०२४ मा इन्टरब्रान्डले बेस्ट ग्लोबल ब्रान्डमा हुन्डाई मोटर विश्वको मूल्यवान कम्पनीको सूचीमा ३०औँ स्थानमा समेत परेको छ। 

हुन्डाई मोटरले पछिल्लो ५ वर्षमा आफ्नो ब्रान्ड भ्यालु ६३ प्रतिशतले वृद्धि भएको हो। यो अवधिमा हुन्डाई मोटर ३६औँ स्थानबाट ३०औँ स्थानमा आउन सफल भएको छ। इन्टरब्रान्ड ग्लोबल ब्रान्ड कन्सल्टिङ फार्म हो। यसले हरेक वर्ष मुख्य बहुराष्ट्रिय कम्पनीहरूको मूल्यांकन गर्छ।  

हुन्डाई मोटरको लक्ष्य ‘प्रोग्रेस फर ह्युम्यानिटी’ अन्तर्गत रहेर कम्पनीले ब्रान्ड भ्यालु बढाउन विभिन्न कामहरू गरेको जनाएको छ। आयोनिक फाइभ एनले अल्र्ड कार अवार्ड २०२४ मा वल्र्ड पर्फमेन्स कारको उपादी पाएको थियो।

त्यस्तै जेडी पावर अमेरिकाको अपिल अध्ययनमा आयोनिक फाइभ एनले राम्रो प्रसंशा पाएको थियो। यी सबै कुराले हुन्डाई मोटरको विश्व मानचित्रमा उपस्थितिलाई थप चम्किलो बनाएको छ।  

हुन्डाई मोटर ग्रुप इनोभेसन सेन्टर सिंगापुरको स्थापना, विश्वव्यापी फ्युचर मोबिलिटीमा पाइला बढाउन हुन्डाई मोटर ग्रुप मेटाप्लान अमेरिका, उल्सनमा विद्युतीय सवारीको नयाँ प्लान्ट र साउदी अरबमा कम्प्लिट नक डाउन (सीकेडी) प्लान्ट स्थापना गरेको हो। 

त्यस्तै हुन्डाईको सीकेडी एसेम्बल प्लान्ट नेपालमा पनि सञ्चालनमा आइसकेको छ। नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले उक्त एसेम्ब प्लान्ट २०८१ बैशाखदेखि सञ्चालनमा ल्याएको हो।

हुन्डाई मोटरले ब्रान्डमा उपभोक्तालाई अनुबन्धिन गराइ राख्न आर्चरी र फिफा वल्र्ड कपजस्ता खेलकुद क्रियाकलापहरूमा स्पोन्सर गर्दै आएको छ। यस्ता अन्य क्रियाकलापहरूमा पनि हुन्डाई मोटरको सहभागिता रहिआएको छ। 

हुन्डाई मोटरले पहिलो पटक सिंगापुरमा मिचिलिन-स्टेयर्ड क्याफेसँगको सहकार्यमा ‘ना ओ’ रेस्टुराँसमेत सञ्चालनमा ल्याइसकेको छ। यसले रेड डट अवार्डमा ब्रान्ड एन्ड कम्युनिकेसन डिजाइन अवार्ड २०२४ मा प्रसंशा पाएको थियो। 

हुन्डाईले हालै बजारमा नेतृत्वदायी काम गरिरहन नयाँ कार्यक्रम ‘हुन्डाई वे’ ल्याएको छ। उपभोक्ता बजारलाई सन्तुलित बनाइ रहन र उपभोक्ताको विश्वास जित्न कम्पनीले राम्रो रणजीतिका साथ काम गरिरहेको छ। 

कम्पनीले आफ्नो उत्पादन र सर्भिसलाई सफ्टवेर र एआईसँग जोडेर सहज बनाइरहेको छ। हुन्डाई मोटरले मोबिलिटी इकोसिस्टम निर्माणमा गेम चेन्जर हुनेगरी काम गरिरहेको जनाएको छ। 

‘हुन्डाई मोटरले सवारी उत्पादनका साथै गेगचेन्जर कार्ययोजनाहरू ल्याइरहेको छ। एएएम र अन्य भविष्यको मोबिलिटीबारेमा काम गरिरहेको छ,’ हुन्डाई मोटर कम्पनीका प्रमुख तथा सीईओ जेहोन चाङले बताएका छन्। हुन्डाईको प्राविधिक विस्तारले मानिसको दिगो भविष्यका लागि निक्कै राम्रो काम गर्ने विश्वास कम्पनीले लिएको उनको भनाइ छ। 

नेपाली बजारमा पनि हुन्डाई मोटरकै सोच र योजनालाई लक्ष्मी इन्टरकन्टिनेन्टलले कार्यान्वयन गर्दै आएको छ। नेपाली बजारमा हुन्डाईका क्रेटा, ग्रान्ड आइटेन, टुसान, प्यालेसिडलगायत आईसी इन्जिन कार बिक्री हुँदै आएको छ।

त्यस्तै भेन्यू भने नेपालमै एसेम्बल भएर बिक्री भइरहेको छ। कम्पनीले अब छिट्टै क्रेटा र आइटेन एसेम्बल गर्ने तयारी गरेको छ। 

त्यस्तै लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना र आयोनिक फाइन विद्युतीय कार बिक्री हुँदै आएको छ। 

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो …