शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

सूनको मूल्य आज पनि बढ्‌यो, तोलाको १ लाख ६६ हजार नजिक

फाइल तस्बिर

काठमाडौं- सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको १ लाख ६५ हजार ९ सय रूपैयाँ पुगेको छ ।

यसअघि सोमबार सुन तोलाको एक लाख ६५ हजार ६०० मा कारोबार भएको थियो । आज सुनको मूल्य तीन सय रूपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।