स्कटल्याण्डका ब्याटिङ अलराउन्डर म्याकुलेन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा फ्रेन्चाइजीहरुले विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ ।
यसैक्रममा सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको हो ।
सुदूरपश्चिमले पहिलो विदेशी खेलाडी भित्र्याउने क्रममा २५ बर्षिय म्याकुलेनसँग सम्झौता गरेको जानकारी दिएको छ ।
स्कटल्याण्डका लागि १६ टी-२० खेलेका म्याकुलेनले ६ अर्धशतकसहित ३८.२३ को औसतमा ४९७ रन बनाएका छन् । उनको स्ट्राइकरेट १४८.८० रहेको छ ।
दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले अस्ट्रेलियाका पुर्व खेलाडी ब्राड हजलाई मेन्टरको रुपमा यसअघि नै अनुबन्ध गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया