इजरायलको इरान आक्रमणको योजना अमेरिकाबाट लिक !

काठमाडौँ- इजरायलले इरानमा आक्रमण गर्न बनाएको गोप्य योजना अमेरिकाबाट लिक भएको छ । यी कागजातहरूमा इजरायलले इरानमाथि आक्रमण गर्न बनाएको योजना रहेको दाबी गरिएको छ ।
सीएनएनको रिपोर्टका अनुसार अमेरिकाले पनि यस विषयमा अनुसन्धान सुरु गरेको छ । सिएनएनले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यी कागजहरु 'मिडल ईस्ट स्पेक्टेटर' नामक च्यानलले अक्टोबर १८ शुक्रबार टेलिग्राममा पोस्ट गरेको उल्लेख गरको छ ।
यी कागजातहरूमा शीर्ष गोप्य र १५ र १६ अक्टोबरको मिति लेखिएको छ । यस प्रकारका कागजातहरू लिक हुनु अमेरिकाका लागि गहिरो चिन्ताको विषय भएको बताइएको छ ।
यी कागजातहरू अमेरिका र यसका सहयोगी देशहरू अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड र बेलायतका लागि भएको जो गुप्तचर नेटवर्क फाइभ आइजका हिस्सा रहेका छन् ।
इरानले अक्टोबर १ मा इजरायलमा १८० मिसाइल आक्रमण गरेको थियो । यसपछि इजरायलले बदला लिने बताउदै आएको छ ।
गोप्य दस्तावेजका अनुसार इजरायलले इरानमाथि ठूलो आक्रमणको तयारी गरिरहेको छ । यी मध्ये एउटा दस्तावेजका अनुसार इजरायलले आक्रमणका लागि हतियार ढुवानी गर्न थालेको छ ।
यो कागजात नेशनल जियोस्पेशियल इन्टेलिजेन्स एजेन्सीले तयार पारेको हो । अर्को कागजातमा इजरायली वायुसेनाको अभ्याससँग सम्बन्धित जानकारी समावेश छ । यसमा हावाबाट जमीनमा मार हान्ने मिसाइलहरूको परीक्षणसँग सम्बन्धित जानकारी समावेश छ । सीएनएनका अनुसार यी अभ्यासहरू इरानमाथि आक्रमण गर्ने तयारीको एक हिस्सा भएको मानिएको छ ।
यस विषयमा अमेरिकी पूर्व उपविदेशमन्त्री मिक मुल्रोयले इरानमाथि इजरायलको जवाफी हमलासँग सम्बन्धित सूचना साँच्चै लिक भएको भए यो नियमको गम्भीर उल्लंघन भएको टिप्पणी गरेका छन् । यसले अमेरिका र इजरायलबीचको भावी सम्बन्धमा नकारात्मक असर पार्न सक्ने उनको विश्लेषण छ ।
गत वर्ष पनि अमेरिकाबाट केही खुफिया सूचना चुहावट भएको थियो । जसका कारण अमेरिका र दक्षिण कोरिया र युक्रेन जस्ता सहयोगी राष्ट्रहरूबीच तनाव उत्पन्न भएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीचको सम्बन्ध यस वर्षको अगस्टदेखि बिग्रिएको बताइएका बेला यो लिकले समबन्ध अझ बिग्रिन सक्ने विश्लेषण गरिएको छ ।
यी कागजातहरू लिक भएको जानकारी शनिबार पहिलो पटक प्रकाशमा आएको थियो । यी कागजातहरू ह्याक गरिएको हो वा कसैले जानाजानी लिक गरेको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन ।
यसअघि अमेरिकी गुप्तचर एजेन्सीहरूले अगस्टमा इरानले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित कागजात ह्याक गरेको जानकारी दिएका थिए ।
इरानले अक्टोबर १ मा राति १० बजे इजरायलमा १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । यस आक्रमणमा ठूलो क्षति भने भएको थिएन । तर, तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका थिए । यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो ।

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_1sLchRFbMp_k9buervjjiwqpjfn8mgsdb1pnv4a6acqfk8c3lotttxemru8dxso4v12txwf.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया