दलसम्बन्धी विधेयक ल्याउने प्रयास लोकतन्त्रका लागि फाइदाजनक छैन - डा. शेखर

मोरङ – सरकारले दलसम्बन्धी विधेयक ल्याउने प्रयास मुलुकको लोकतन्त्रका लागि फाइदाजनक नभएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्।
विराटनगरस्थित कोइराला निवासमा आइतबार पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले एमालेले केही साना दललाई टुक्राउने र आफ्नो दलमा जोड्ने खेल गरिरहेको आरोप लगाए।
उनले भने, ‘केही साना पार्टीलाई फुटाउने र एमालेमा मिसाउने शंका रहेको छ। यसैको लागि दलसम्बन्धी ऐन ल्याउन खोजिँदै छ। एमालेले स्थायित्वका लागि भने पनि यो ऐन ल्याउदाँ झन अस्थिरता हुने देखिन्छ। कुनै एक दल ठूलो हुने र एकांकी हुने हुँदा सतर्क रहन आवश्यक छ।’
संविधानको स्पिरिट र मुलुकको लोकतन्त्रका लागि पनि दलसम्बन्धी ऐन गलत भएको उनको कथन छ। दलसम्बन्धी ऐन ल्याएर एमाले ठूलो पार्टी बन्ने दाउमा रहेको आशंका गर्दै नेता कोइरालाले भने, ‘म यसै हो भन्न सक्दिनँ। तर सञ्चार क्षेत्रमा आएको कुरा हेर्ने हो भने एमालेले ल्याउन प्रयास गरिरहेको दलसम्बन्धी ऐन कुनै पनि हालतमा हाम्रो मुलुकको स्थिरताका लागि लाभदायक छैन।’
त्यसैगरि, नेता कोइरालाले हालको गठबन्धनले मुलुकमा सुशासन, स्थिरता र जनअपेक्षाअनुसार काम गर्न नसकेको धारणा राखेका छन्।
जुन सोचका लागि सरकार अघि बढ्नुपर्ने त्यसअनुरुप हिँड्न नसकेको उनको भनाइ थियो। साथै उनले कुलमान घिसिङ र उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन खोजेकोप्रति असन्तुष्टि व्यक्त गरे।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया