शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

कुवामा डुबेर एकजनाको मृत्यु

सांकेतिक फोटो

दाङ - कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो । 

आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताइन्। प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।