कांग्रेस महाअधिवेशन : जिल्ला सभापति बन्न दौडधुप

धनगढी : नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश राजधानीको जिल्ला कैलालीमा पार्टी नेतृत्व लिनका लागि नेताको दौडधुप बढ्न थालेको छ । पार्टीका वडा तहदेखि केन्द्रसम्मको अधिवेशनको तयारी थालिएसँगै नेताहरुको पछिल्ला दिनमा दौडधुप पनि बढेको हो ।
जनसङ्ख्याका दृष्टिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधि सभाका पाँच निर्वाचन क्षेत्र भएको यस जिल्लामा हुने आम चुनाव वा अन्य कुनै पनि पार्टी, सङ्घ सङ्गठनको चुनाव होस् समग्र प्रदेशका जिल्लाको चुनावलाई समेत प्रभावित पार्ने गरेको देखिन्छ । त्यसैले यस जिल्लामा हुने हेरक चुनावी गतिविधिलाई प्रदेशवासीले बढी चासोका साथ हेर्ने गर्दछन् ।
पार्टी जिल्ला सभापति नरनारायण शाह (मनु)ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसक्नुभएको छ । उनलाई तेस्रो पटक जिल्ला सभापतिको नेतृत्व लिन पार्टी विधानले मिल्दैन । जिल्ला सभापतिका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवा लगायतको नाम चर्चामा छ ।
सभापति पदका आकाङ्क्षी धेरै देखिए पनि बडुवाल, बम र भट्ट अरूभन्दा सशक्त उम्मेदवारका रुपमा देखिएको कांग्रेसका कार्यकर्ताको भनाइ छ । युवानेता बडुवाल अघिल्लो जिल्ला अधिवेशनमा पार्टी सभापति पदमा पनि प्रत्याशी बनेका थिए । पार्टीको महासमिति सदस्यसमेत रहेका भट्ट २०६२/६३ को जनआन्दोलनका घाइते योद्धा छन् । बम हालको जिल्ला उपसभापति छन् ।
थारू समुदायबाट पार्टीको राजनीतिमा लागेको नेता खेमराज चौधरी पनि बलियो उम्मेदवार मानिन्छन् । पार्टी सङ्गठनमा जिल्लामा सुनिलकुमार भण्डारी, चन्द्रसिंह भट्टराई, नरनारायण शाह, गोविन्दराज जोशी, रणबहादुर रावल, नृपबहादुर ओड, फकिरसिंह कडायत, जङ्गबहादुर साउद, ईश्वरी न्यौपाने लगायतका नेताको प्रभाव रहेको छ ।
जिल्लामा थारू समुदायको ठूलो उपस्थिति छ । यो समुदायबाट कांग्रेसको राजनीतिमा लागेका रामजनम चौधरी, बुद्धिसागर चौधरी, मानबहादुर महतो, प्यारेलाल रानाथारू, राजसमझ चौधरी र खेमराज चौधरीको पनि पार्टीमा राम्रो प्रभाव छ । जिल्ला सङ्गठनमा प्रभाव रहेका नेताभन्दा पनि केन्द्रीय सभापति शेरबहादुर देउवाले इच्छ्याएको नेताले नै जिल्ला सभापतिमा जित्नेमा दुई मत नरहेको बताइन्छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया