पर्यटन व्यवसायी मिश्रको निधन

काठमाडौँ- पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा ७२ वर्षीय मिश्रको आइतबार बिहान निधन भएको परिवारिक स्रोतले जनाएको छ । डेंगु संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिएको छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशक भन्दा लामो समय योगदान गरेका थिए । मिश्रका श्रीमती र एक छोरा छन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया