महिला टी- २० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्ने

काठमाडौँ- आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्ने भएका छन् ।
न्युजिल्याण्डले वेस्ट इण्डिजलाई दोस्रो सेमिफाइनलमा ८ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । न्युजिल्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।
त्यस्तै दक्षिण अफ्रीकाको फाइनलको यात्रा पनि रोमाञ्चक रहेको छ । ६ पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई सेमिफाइनलमा पराजित गर्दै दक्षिण अफ्रिका लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । २०२३ को विश्वकपमा फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको दक्षिण अफ्रीकाले त्यसको बदला लिदै यस पटक भने अस्ट्रेलियालाई बाहिर गर्दै फाइनल खेल्दै छ ।
यस पटकको महिला टी-२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । यस अघि सम्पन्न ८ विश्वकप मध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक जितेका छन् । अब फाइनल खेल आइतबार दुबईमा नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुने छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया