वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा

काठमाडौँ- न्युजिल्याण्ड आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।
शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।
न्युजिल्याण्डले दिएको १२९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १२० रन मात्र बनाएपछि न्युजिल्याण्ड ८ रनले विजयी भएको थियो ।
यस अघि पहिला ब्याटिङ गर्दै न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।
न्युजिल्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । २००९ र २०१० को टी-२० विश्वकपमा उपविजेता बनेको न्युजिल्याण्डले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन ।
अब न्युजिल्याण्डले आइतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ ।
यस पटकको महिला टी-२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । यस अघि सम्पन्न ८ विश्वकप मध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक जितेका छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया