ब्रिक्सले विश्वव्यापी आर्थिक वृद्धिलाई अगाडि बढाउँछ : पुटिन
मस्को- ब्रिक्स समूहका देशहरूको कूल गार्हस्थ्य उत्पादनको संयुक्त अंश छ सय खर्ब अमेरिकी डलरभन्दा बढी छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मस्कोमा आयोजित ब्रिक्स व्यापार मञ्चमा ब्रिक्सले आज विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने मात्र नभई भविष्यमा पनि यसको भूमिका बढ्दै जाने कुरा स्पष्ट पारेका छन् ।
उनले ब्रिक्सका सदस्य राष्ट्रहरू नै वास्तवमा विश्व आर्थिक वृद्धिका चालक भएको बताए ।
पुटिनको टिप्पणी काजानमा अक्टोबर २२–२४ मा हुने ब्रिक्स शिखर सम्मेलन अघि आएको हो ।
पुटिनलाई उद्धृत गर्दै तास प्रतिवेदनले सन् १९९२ मा विश्वको कूल गार्हस्थ्य उत्पादनमा जि–७ देशको हिस्सा ४५ दशमलव पाँच प्रतिशत रहेको र ब्रिक्स राष्ट्रको हिस्सा १६ दशमलव सात प्रतिशत रहेको उल्लेख गरेका छन् ।
“सन् २०२३ मा ब्रिक्सको हिस्सा ३७ दशमलव चार प्रतिशत र जि–७ को हिस्सा २९ दशमलव तीन प्रतिशत रहेको छ”, पुटिनले भने ,“अन्तर बढ्दै गइरहेको छ र यो बढ्दै जानेछ, यो अपरिहार्य छ ।”
पुटिनले ब्रिक्सले आज मात्र नभई विश्व अर्थतन्त्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।
रुसी अध्यक्षतामा काजानमा हुने १६औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर २२ देखि २३ सम्म रुसको भ्रमण गर्दै छन् ।
रूस, भारत र चीनका नेताहरू सन् २००६ मा जी–८ आउटरिच शिखर सम्मेलनमा सेन्ट पिटर्सबर्गमा भेटिएपछि ब्रिक औपचारिक समूहका रूपमा सुरु भयो । ब्रिक विदेशमन्त्रीहरूको पहिलो बैठकमा समूहलाई औपचारिकता दिइएको थियो ।
सन् २०१० मा न्युयोर्कमा ब्रिक विदेशमन्त्रीहरूको बैठकमा दक्षिण अफ्रिकालाई समावेश गरिएको थियो । सन् २०२४ म ब्रिक्सको विस्तार इजिप्ट, इथियोपिया, इरान र संयुक्त अरब इमिरेट्सलाई समावेश गर्न गरिएको हो ।
हालसम्म जम्मा १५ वटा ब्रिक्स शिखर सम्मेलन भइसकेका छन् । (एएनआई)

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_TjjoaNV2LK_ym7r6tt3qezv4l8hio4hwszx1rg8spyfmidchbpzxnxhlflibkdgrd0htynr.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया