अब पोखराबाट न्यायको लडाई शुरु हुन्छ- बुर्लाकोटी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अब पोखराबाट न्यायको लडाई शुरु हुने बताएका छन् ।
आफ्ना सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बुर्लाकोटीले सामाजिक सञ्जालमा लेख्दै निर्दोषहरूका न्यायका लागि पोखराबाट लडाई सुरु हुने टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्-
दोषी जति उम्काउने, दोषीसँग आफै करोडौंको उपहार लिने । निर्दोषलाई जबरजस्ती फसाउने ? यस्तो निर्लज्ज सरकार, यो सरकार होइन सरकारको नामको जनघाती कलङ्कहरूको गठबन्धन हो ।
निर्दोषलाई जबरजस्ती फसाउने अराजनीतिक चरित्रका विरुद्ध घोर भर्सना गरौं।
रास्वपा सभापति विरुद्ध पक्राउ पुर्जी जारी गर्न दशैंअघिदेखि निरन्तर प्रयास गरेको सरकार प्रमाण नपुग्ने भन्दै अदालतबाट बारम्बार रितो हात फिर्ता आएको थियो ।
सबैतिरको सेटिङ मिलाइसकेपछि आज बिना आधारको पक्राउ पुर्जी लिएर रवि लामिछाने लाई लिन भन्दै प्रहरीहरू सहर यस्तै त रहेछ हामीले भनेर नहुने भन्दै आइपुगे । के गर्नु ? नेताको नामका देशका कलङ्कहरूको आदेश जो छ । निर्दोषहरूका न्यायका लागि अब यो देशमा आन्दोलन अगाडि बढ्नेछ । अब पोखराबाट न्यायको निम्ति लडाई सुरु हुनेछ ।
न्यायप्रेमी जनप्रतिमी देशप्रेमी साथीहरु पोखरा आउनलाई तयारी गर्नुहोला । सहकारी पीडितहरूलाई न्याय दे । निर्दोषलाई झोस्ने, दोषीलाई पोस्ने नाटक बन्द गर । उपहारको नाममा दोषीसँग करोडौंको घुस लिने घुस्या राजिनामा दे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया