विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म 'कर्मा'को घोषणा

काठमाडौँ- चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउँदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ ।
फिल्मको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।
‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन्, उनले यसअघि चलचित्र ‘अगस्त्य: च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए ।
निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै लेखेका हुन् । चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ। चौधरीका अनुसार यस चलचित्रमा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्नेछन् । चलचित्रको छायांकन मङ्सिर दोस्रो सातापछि सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । अन्य कलाकारहरूको अनुबन्ध जारी रहेकाले निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए ।
निर्देशक सौरभ चौधरीलाई ‘अगस्त्य: च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया