इङ्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित

काठमाडौँ- पाकिस्तानले इङ्ल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । शुक्रबार टेस्टको चौथो दिन पाकिस्तानले इङ्ल्याण्डलाई १५२ रनले पराजित गरेको हो ।
पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड १४४ रनमा अल आउट भएको थियो ।
इङ्ल्याण्डलाई अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिएका थिए भने साजिद खानले २ विकेट लिएका थिए ।
यस टेस्टमा पाकिस्तानले पहिलो इनिङमा ३६६ रन बनाएको थियो भने इङ्ल्याण्डले पहिलो इनिङमा २९१ रन बनाएको थियो । त्यस्तै पाकिस्तानले दोस्रो इनिङमा २२१ रन बनाएपछि इङ्ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो ।
यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया