बंगलादेशको अन्तरिम सरकारले रद्द गर्यो ८ सरकारी बिदा

काठमाडौँ- बंगलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित ८ वटा सरकारी बिदा रद्द गरेको घोषणा गरेको छ । यी मध्ये, दुई सबैभन्दा महत्त्वपूर्ण मितिहरू मार्च ७ र अगस्त १५ समावेश छन्।
मार्च ७ मा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानले भाषण दिएर पाकिस्तानी सेनाको विरुद्धमा सम्पूर्ण देशलाई एकजुट गरेको दिन हो । अहिले यो दिनलाई त्यहाँ स्वतन्त्रताको बिगुल फुकेको दिनका रूपमा स्मरण गरिन्छ ।
त्यस्तै बंगलादेशमा अगस्त १५ मा शोक मनाइन्छ । सन् १९७५ को अगस्त १५ मा बंगलादेशका धेरै सेनाका अधिकारीहरूले शेख मुजिबुर रहमानको घरमा प्रवेश गरी उनको हत्या गरेका थिए । यस दिन त्यहाँ शोक मनाइएको थियो । युनुस नेतृत्वको सरकारले यी दुवै दिनको बिदा रद्द गर्ने निर्णय गरेको छ ।
यो निर्णय लिनेमा शेख हसिनाको विरुद्धमा आन्दोलन सुरु गरेका व्यक्तिहरू पनि पर्छन्। जसले पछि उनको पदच्युतको नेतृत्व गरेको थियो ।
शेख मुजिबुर रहमानकी छोरी शेख हसिनाको पार्टी अवामी लिगले बिदा रद्द गरेकोमा विरोध गरेको छ । पार्टीले आफ्नो फेसबुक पेजमा गैरकानुनी सरकारले बंगलादेश निर्माणको इतिहासलाई नष्ट गर्न खोजेको टिप्पणी गरेको छ । लिगले देशमा पाकिस्तानको विचारधारा थोपाउन चाहेको उल्लेख गरेको छ ।
त्यस्तै विहिबार बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । न्यायाधिकरणले हसिनासहित ४६ जनालाई पक्राउ गरी नोभेम्बर १८ सम्म न्यायाधिकरणमा पेश गर्न निर्देशन दिएको छ ।

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_grVoOzkRa8_thnrvapvckxyhaak5idodu9kojsnbjptlo7yrpvu1zzkkjlvnrswee95lqic.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया