साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी

काठमाडौँ - भारतले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
बिहीबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
भारतले खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवैले एक एक गोल गरेका थिए । भारतको जितमा डांगमेई ग्रेसले दुई गोल गरेकी थिइन् भने मनिषा कल्याण, ज्योति र बाला देवीले एक एक गोल गरेका थिए । त्यस्तै पाकिस्तानका लागि सुहा हिरानी र कायला सिद्दिकीले एक एक गोल गरेका थिए ।
समूह ए मा रहेको भारतले अब अर्को खेल अक्टोबर २३ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ भने पाकिस्तानले अर्को खेल अक्टोबर २० मा बंगलादेशसँग खेल्ने छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया