लेबनानको पूर्वी र दक्षिणी क्षेत्र खाली गर्न इजरायलद्वारा आदेश जारी

काठमाडौँ - इजरायली सेनाले बिहीबार लेबनानको पूर्वी र दक्षिणी क्षेत्रहरूका केही भागहरू छोड्न स्थानीय बासिन्दालाई आह्वान गर्दै पुनः ती क्षेत्रलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको छ ।
यसअघि, नियमित रूपमा इजरायलले प्रहार गर्दै आइरहेको पूर्वमा बेका र दक्षिणमा टायरका विशेष क्षेत्रका बासिन्दाहरूका लागि खाली गर्ने सूचनाहरू जारी गरिएको हो ।
बेका क्षेत्र र तामनाइन क्षेत्रमा अवस्थित भवनमा आश्रित व्यक्तिहरूलाई तत्काल उक्त स्थानबाट सुरक्षित स्थलतर्फ जान इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निर्देशन दिनुभएको हो ।
हिजबुल्लाहसँग सम्बन्धित सुविधाहरू र चासोहरू नजिकै अवस्थित रहेको भन्दै यस क्षेत्रलार्ई निकट भविष्यमा गरिने आक्रमणमा लक्षित गरिने बताइएको छ ।
यसै गरी अद्राईले नजिकैको सराइन अल–तहता र साफरी क्षेत्रका बासिन्दाहरूलाई पनि उक्त क्षेत्र खाली गर्न दुई अन्य सुचनाहरु एक्समा पोष्ट गर्नुभएको छ भने लगत्तै सेनाले दक्षिणी लेबनानको टायर सहर नजिकैको अल–हवास क्षेत्रका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न आदेश जारी गरेको छ ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया