कामना सेवा विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित सबै प्रस्ताव पारित

काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १८ औं साधारण सभा असोज ३० गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौमा सम्पन्न भएको हो ।
बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ ।
साथै, उक्त साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आव २०८०र८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाबलगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।
त्यसैगरि, सभाले १०० रुपैया दरले ३५ करोड रुपैयाँबराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पूँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।
उक्त साधारण सभाले आव २०८१र०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बिआरएस न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिए ।
सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिदैं बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेयरधनीहरुको सुझाव, स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्य सञ्चालन गरिएको तथा चालु आवमा पनि बैंकले सेयरधनीहरुको अपेक्षाबमोजिमको लक्ष्य हासिल गर्ने बताए ।

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रल…

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

प्रतिक्रिया