द ग्रेट हिमालयन ओडिसीः लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

बजाज डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा निस्किएको छ ।
यो टोली ५,८८३ मिटर (१९,३०० फीट) उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिङ लाको भ्रमणमा निस्किएको हो । “द ग्रेट हिमालयन ओडिसी” नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६,००० किलोमिटर भन्दा बढीको दूरी पूरा गर्नेछ।
बजाज डोमिनार ४०० को यो लद्दाख यात्रा मंगलबार बिहान नक्सालस्थित बाइकर्स क्याफेबाट सुरु भएको हो। यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावितको साथै मोटरसाइकल राईडरहरु र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण हुने कम्पनीले विश्वास लिएको छ।
बजाज मोटरसाइकलका मार्केटिङ हेड अमित राज चालिसेले आफ्नो उत्साह व्यक्त गर्दै भने, “हाम्रा बजाज डोमिनार राइडरहरूले यो ठूलो चुनौतीको सामना गरेको देखेर हामी धेरै खुसी भएका छौं । विश्वको सबैभन्दा अग्लो मोटरेवल सडकबाट पुग्न सकिने उम्लिङ लामा पुग्नु डोमिनार ४०० को स्थायित्व र यी सवारहरूको साहस र आत्मबलको प्रशंसा गर्नैपर्छ। हामी टोलीलाई उनीहरूका मोटरसाइकलप्रति विश्वास राख्न र सीमाहरू पार गर्दै यो क्रस–कंट्री साहसिक कार्य सफल बनाउनको लागि शुभकामना व्यक्त गर्न चाहन्छौँ।’
यस अभियानको नेतृत्व टोलीका कप्तान मनिष देवकोटाले गरेका छन्, जसले आफ्नो भावना यसरी बाँडे, “उम्लिङ ला पुग्नु धेरै राइडरहरूको लागि सपना थियो र यो हाम्रो सपना आखिरमा साकार हुँदैछ । हामी अगाडि आउने चुनौतीहरूको लागि तयार छौं र हाम्रो डोमिनार मोटरसाइकल र हाम्रो सवारी कौशलमा हामीलाई पूर्ण विश्वास छ। यो केवल एक यात्रा मात्र होइन, साहस र जोशको बयान पनि हो। यहाँहरू सबैको अटल समर्थन र प्रोत्साहनको लागि धन्यवाद छ।”
यो अभियान बजाज डोमिनार ४०० मोटरसाइकलको पराक्रम र नेपाली सवारहरूको दृढ सङ्कल्पको शक्तिशाली प्रदर्शन हो । यो हिमालयको चुनौतिपूर्ण भू-भाग हुँदै विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक पुग्न सकिने स्थान सम्मको यात्रा सहनशीलता, सीप र साहसिक कार्यको प्रेरणादायी कार्य हुनेछ । द ग्रेट हिमालयन ओडिसी यही १५ अक्टोबर २०२४ मा सुरु भएको छ र यसले नेपालको सम्पूर्ण मोटरसाइकल समुदायलाई गौरव प्रदान गर्ने वाचा गर्दछ।

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

प्रतिक्रिया