शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

सुनको मुल्यमा नयाँ किर्तिमान

तस्विरः फाइल फोटो

काठमाडौँ- सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो । यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।