इजरायली हवाई आक्रमण : लेबनानमा ६ जनाको मृत्यु, ४३ घाइते

बेरुत- दक्षिणी लेबनानको नाबातिह नगरपालिकामा बुधबार इजरायली हवाई आक्रमणमा मेयरसहित छ जनाको मृत्यु हुनुका साथै अन्य ४३ जना घाइते भएका छन् ।
एक इजरायली लडाकू विमानले नाबातिह नगरपालिका भवन र नगरपालिका सङ्घ भवनमा चारवटा आकाशबाट जमीनमा प्रहार गरेको क्षेप्यास्त्र प्रहारबाट मेयर अहमद काहिल र धेरै नगरपालिका सदस्यहरू मारिएका छन् ।
सिभिल डिफेन्स फोर्स, लेबनानी रेडक्रस र इस्लामिक हेल्थ अथोरिटीले दुईवटा भवनको भग्नावशेष हटाउन र बेपत्ता व्यक्तिहरूको खोजी गर्न काम गरिरहेका छन् ।
यसैबीच, लेबनानी विदेश मामिला मन्त्रालयले बुधबार लेबनानमा इजरायली आक्रमणहरूको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा नयाँ उजुरी दायर गरेको घोषणा गरेको छ ।
यो इजरायली आक्रमणको दस्तावेजीकरण गर्न र यसलाई रोक्नका लागि कारबाही गर्न अन्तर्राष्ट्रिय समुदाय र सुरक्षा परिषद्लाई दबाब दिन न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा लेबनानको स्थायी मिशनमार्फत मन्त्रालयले पेश गरेको आवधिक उजुरीहरूको एक हिस्सा हो ।
सेप्टेम्बर २३ देखि इजरायली सेनाले हिजबुल्लाहसँग बढेको तनावबीच लेबनानमा तीव्र हवाई आक्रमण गरिरहेको छ ।
सन् २०२३ अक्टोबर ८ मा हिजबुल्लाह–इजरायल द्वन्द्व सुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार तीन सय ५० पुगेको र घाइतेहरूको सङ्ख्या दश हजार नौ सय छ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (सिन्ह्वा)

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_ZiH2GCjgnp_2ijetnagt8atwgdraikvywjgyksyoys7oxgh6tnweehdy8sdfmdkkjyzmcnr.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया