काठमाडौँ महानगरले २०८० को जग्गाको मूल्यांकन दरलाई आधार मानेर सम्पत्ति कर लिने

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखा जोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ ।
असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण्ड (घ) मा भएको प्रावधानको सट्टा काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८० मा भएको जग्गाको मूल्याङ्कन दरलाई आधार लिने भनिएको छ ।
आर्थिक ऐन, २०८१ बमोजिम साउन १ गतेदेखि असोज मसान्तसम्म सम्पत्ति कर तिर्ने करदाताको हकमा, सङ्कलन गरिएको सम्पत्ति कर रकम आर्थिक ऐन, २०८० को तुलनामा घटीबढी भएको रकम आगामी ५ वर्षभित्र क्रमशः समायोजन गर्ने, परिपत्रमा उल्लेख छ ।
महानगरपालिकाका वडा कार्यालयहरूले आर्थिक ऐन, २०८१ को दफा २ को उपदफा (१) घ अनुसार आफ्नो भौगोलिक क्षेत्रभित्रका घरजग्गामा सम्बन्धित मालपोत कार्यालयले तोकेको जग्गाको प्रति आना मूल्यलाई आधार मानेर कर संकलन गरिरहेका थिए ।
यो व्यवस्थाबाट राजस्व संकलन गर्दा विगत वर्षहरूमा तिरेको कर रकममा अनपेक्षित घटीबढी भएको करदाता गुनासो आएपछि राजस्व समितिको सिफारिस र असोज २२ गते बसेको ३६ औँ कार्यपालिकाको निर्णयअनुसार साविकको दर रेटमा संकलन गर्ने निर्णय भएको हो ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया