हराउदै रैथाने धान

पाल्पा : पछिल्लो समय पाल्पामा रैथाने जातका धान भने लोपोन्मुख अवस्थामा छ । स्थानीय विभिन्न जातका धान खाँदा मिठो स्वादका भए पनि उत्पादन कम हुने र वर्णसङ्कर जातका धान उत्पादन बढी हुने भएका कारण पनि कृषकले रैथाने जातका धान रोप्न छाडेका हुन् । पहिले–पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमती, झिनुवा, आमझोत्तेलगायतका धानको बीउ लोपोन्मुख अवस्थामा रहेको किसानको भनाइ छ ।
पछिल्लो समय बजारमा पाइने विभिन्न थरीका धानको बीउबाट उत्पादन धेरै हुने तथा पानी कम लाग्ने भएपछि कृषकको यसतर्फ आकर्षण बढेकोे कृषि शाखा कार्यालय रामपुरका प्रमुख पाण्डेयको भनाइ छ । उनका अनुसार उत्पादन बढी, धानको नल छोटो र स्याहार्न पनि सजिलो हुने भएपछि कृषक उन्नत धानको बीउतर्फ आकर्षित भएका छन् । सावा मनसुली, शान्ति, जानकी, जिरामसिना, साना मनसुली, युएस, खुमल चारलगायतका धानखेतीमा यस क्षेत्रका कृषकको आकर्षण देख्न सकिन्छ ।
नयाँ उन्नत जातका धानको बीउमा किरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण कृषकले पहिलेपहिले जस्तो घरमै धानको बीउ राख्ने चलन पनि हराउन थालेको छ । कृषकले धेरै उत्पादन हुने र प्रविधिको प्रयोगबाट छिटोछरितो ढङ्गले खेती गर्ने प्रणाली अपनाउन थालेका छन् । पुराना धानबाट खाना स्वादिलो भए पनि उत्पादन कम, सिँचाइका लागि पानी धेरै लाग्ने, नल लामो हुने र धान नपाक्दै ढल्ने कारण पनि यसतर्फ कृषकको ध्यान कम जान थालेको कृषक हुमादेवी देवकोटाले बताउँछन् । चाहिएको बेला आकाशबाट सिँचाइका लागि पानी नपर्ने र सजिलै पानी उपलब्ध नहुने ठाउँमा पानी कम लाग्ने भएका कारण पनि कृषकले धुलोमा बीउ राख्ने र वर्णसङ्कर धान रोप्ने गर्दछन् । बेलाबेला पानी बोकेर धानमा राख्ने किसानको भनाइ छ ।
पछिल्लो समय वर्णसङ्कर जातको भनेपछि धेरै फल्ने लोभमा कृषक प्रभावित भएको रामपुरका कृषक सूर्यप्रसाद रेग्मी बताउनुहुन्छ । वर्णसङ्कर भन्दा पुराना जातका धान धेरै स्वादिलो र फाइदाजनक भए पनि यसको महत्व कृषकले बुझ्न नसकेको उनको धारणा छ ।
पाल्पामा वर्णसङ्कर जातका धान रोपे पनि बजारका स्वादिला चामल किनेर खाने गर्दछन् । आफूले उत्पादन गरेका धान बिक्री गरी बासमतीलगायतका केही चामल बजारबाट खरिद गरी कृषकले नै प्रयोग गर्ने गर्दछन् । रासस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EzLnrXJM2D_8a0nisguvjjdvqzsuzgdwislfwk5wdztaal2xgqqjzavl8u14dzejkfmwcej.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9AZIlsVhMy_hyf8pdxniod4cp700x04ot6gymmznozwwflrobf9sxqs5pbegrpqbibouil2.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

प्रतिक्रिया