नेप्सेमा ३१ अंकको वृद्धि

काठमाडौँ - दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ । मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ ।
आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।
कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै घट्यो । उत्पादन तथा प्रशोधन १५.६४ अंकले घट्यो । फाइनान्स १४९.६१, जिवन बिमा १३०.३८ अंक र निर्जिवन बिमा ६६.३४ अंकले बढेको छ ।
आज सबैभन्दा बढी जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो भने मिड सोलु हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको थियो ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया