सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

कैलाली :धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।
सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिनुभयो । डडेल्धुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उहाँले जानकारी दिनुभयो ।
कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो रु पाँच छुट दिएर बिक्री गरिरहेको उहाँले बताउनुभयो । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने तथा दुई हजार क्विन्टल उहाँले जानकारी दिनुभयो ।

कृषकलाई अनुदानमा मौरी घार वितरण

गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

किसानलाई चैते धान थन्क्याउने चटारो

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

प्रतिक्रिया