मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु

सांकेतिक तस्विर

इलामको चुलाचुली गाउँपालिका–२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षे राजकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोमवार साँझ साढे ७ बजेतिर हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका राईको गएराति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

चुलाचुली, महमाई, दानबारीलगायतका क्षेत्रमा हात्तीको समस्या बढ्दै गएको स्थानीयले बताएका छन् ।