भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ- जारी आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।
त्यस्तै पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।
यो जितसँगै अस्ट्रेलिया समुह ए मा लागातार चार जित सहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै यो हारपछि भारतको सेमिफाइनल यात्रा भने संकटमा परेको छ । भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ । अब समुह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो आज हुने न्यूजील्याण्ड र पाकिस्तानबीचको खेलपछि लाग्ने छ । यो खेल न्यूजील्याण्डले जितेमा सेमिफाइनलमा पुग्ने छ भने भने पाकिस्तानले जितेमा भारतको सम्भावना रहने देखिन्छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया