सलमान र शाहरुखको झगडा मिलाउने बाबा सिद्दिकी !

काठमाडौँ- महाराष्ट्रका नेता बाबा सिद्दिकीको शनिबार राति अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । गोली लागेपछि बाबा सिद्दिकीलाई हतार हतार लीलावती अस्पतालमा भर्ना गरिएको थियो । तर, चिकित्सकले उनको ज्यान बचाउन सकेनन् ।
मुम्बईको राजनीतिदेखि बलिउडसम्म बाबा सिद्दिकीको प्रभाव थियो । शाहरुख खान र सलमान खानलाई उनीहरुको सुपरस्टारडमका लागि तुलना गरिन्छ । यी दुई कलाकारबीच आज राम्रो मित्रता छ तर कुनै समय एकअर्कासँग हाई प्रोफाइल विवादमा फसेको थियो । बाबा सिद्दिकीका कारण यी दुईबीचको दरार अन्त्य भएको थियो । सिद्दीकी यस्तो नेता थिए जसको इफ्तार पार्टीमा ठूला स्टारहरु सहभागी हुने गरेका थिए ।
सन् २००८ मा कट्रिना कैफको बर्थडे पार्टीमा दुई स्टारबीच ठूलो झगडा भएको बताइएको छ । यो झगडापछि दुवै स्टारले एकअर्कासँग बोल्न छोडे । कुनै पनि कार्यक्रममा भेटघाट पनि रोकियो ।
दुई सुपरस्टारबीचको यो झगडा केही वर्षपछि अन्त्य भयो । यसको पूरा श्रेय बाबा सिद्दिकीलाई दिइन्छ । ईदको अवसरमा बाबा सिद्दिकीको इफ्तार पार्टीमा बलिउडका चर्चित कलाकारहरुको जमघट हुने गरेको छ । सन् २०१३ मा सिद्दिकीको इफ्तार पार्टीमा सलमान र शाहरुखबीचको दूरी समाप्त भएको थियो । यो इफ्तार पार्टीमा दुवैले आफ्नो मतभेद बिर्सेर एकअर्कालाई अँगालो हालेका थिए ।
बाबा सिद्दीकी कांग्रेसबाट तीन पटक विधायक र एक पटक महाराष्ट्र सरकारमा मन्त्री थिए। उनले कांग्रेसको विद्यार्थीसंगठनमार्फत विद्यार्थी राजनीति सुरु गरेका थिए । उनले लोकसभा चुनावअघि महाराष्ट्र कांग्रेसबाट राजीनामा दिएका थिए । त्यसपछि उनी अजित पवार नेतृत्वको एनसीपीमा प्रवेश गरेका थिए ।
सिद्दिकीको हत्या किन र कसले गर्यो भन्ने अहिलेसम्म स्पष्ट हुन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार सिद्दिकीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया