एमबाप्पेसँग हामी क्रोधित छैनौँ: फ्रान्सेली प्रशिक्षक डेस्चाम्पस

काठमाडौँ: किलियान एमबाप्पे पेनाल्टीमा चुकेपछि युरो २०२० को अन्तिम १६ मा फ्रान्स स्विटजरल्यान्डसँग पराजित भयो । २२ वर्षीय युवा फरवार्ड निर्णायक पेनाल्टीमा असफल भए पनि आफू उनीसँग क्रोधित नरहेको फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाम्पसले स्पष्ट पारेका छन् ।
सोमबार राति रोमानियामा भएको खेलपछि डेस्चाम्पसले पुरै फ्रान्सेली टिम एमबाप्पेको साथमा रहेको बताए । ‘हामी पूरै टिम एक छौँ । खेलमा यसले गल्ती गर्यो, उसले गल्ती गर्यो भन्ने कुरा हुँदैन । हो, एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । तर उनी खेल दौरान र अन्य खेलमा धेरै पटक निर्णयक सावित भएका छन् । उनले आफ्नो भूमिका निर्वाह गरे । हामी उनीसँग बेखुस छैनौँ,’ डेस्चाम्पसले भने ।
‘मलाई यो टिम कति बलियो छ भन्ने थाहा छ । खेलमा सकारात्मक क्षणहरू पनि थिए । तर नतिजा सकारात्मक आउन सकेन । अब त्यसबारेमा सोचेर फाइदा छैन । यसपटकको युरो हाम्रा लागि कठिन रह्यो । हामी विश्वकप च्याम्पियन हौ । हामीसँगै युरो विजेता पनि घर फर्किएको छ । सफल हुन नसकेकोमा हामलिाई अवश्य पनि दुख लागेको छ,’ डेस्चाम्पसले थपे ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया