उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण

काठमाडौं - उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खड्काले कुलमानलाई १५ वटा बुँदामा स्पष्टीकरण सोधेका हुन् ।
कुलमानलाई उनको कामको मुल्यांकन, काल्पनिक नाफा देखाएको, गुणस्तरी बिजुली नदिएको, ट्रान्सफरमर तथा बिजुलीका तारलगायतका खरीद टेण्डरलाई समेत उल्लेख गरेर स्पष्टीकरण सोधिएको छ ।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधै टकरावमा उत्रिएका कुलमान घिसिङलाई हटाउने उदेश्यले यो स्पष्टिकरण सोधिएको बुझिएको छ । बक्यौता नतिरेका उद्योगको लाइन काटेपछि प्रधानमन्त्रीले लाइन खोल्न दिएको दिएको निर्देशन कुलमानले नमानेपछि विवाद बढेको थियो ।
कुलमानलाई माओवादी केन्द्रको समर्थन रहेको छ र माओवादी केन्द्रले नै आफ्नो सरकार भएको समयमा उनलाई नियुक्ति गरेको थियो ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया