जापानको संसद विघटन

काठमाडौँ - जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद विघटन गरेका छन् ।
संसद बैठकमा संसदका सभामुखले सम्राटको छाप भएको प्रधानमन्त्रीको पत्र पढेर सुनाएका थिए, जसमा सांसदहरूले ‘बन्जाई’ को नारा लगाएपछि औपचारिक रूपमा संसद् विघटन गरेको हो ।
गत हप्ता मात्र प्रधानमन्त्रीमा नियुक्त भएका इशिबाले संसद विघटन गर्दै भने, 'हामी यो निर्वाचनलाई निष्पक्ष र इमानदारीपूर्वक सामना गर्न चाहन्छौं, ताकि यो सरकारले (जनताको) विश्वास प्राप्त गर्न सकोस् ।'
इशिबाका पूर्ववर्ती फुमियो किशिदाको तीन वर्षे सरकारले स्लश कोष प्रकरण र बढ्दो मूल्यवृद्धिमा मतदाताको असन्तोषका कारण अत्यधिक न्यून दरमा अनुमोदित हुनुपरेको थियो । इशिबाका समर्थकहरूले आत्म–स्वीकृत प्रतिरक्षा ‘गीक’ र एलडीपीको संस्थापन पक्षका मुखर आलोचक इशिबाले पार्टीको लोकप्रियतालाई बढावा दिने र युवाहरूलाई मतदानमा आकर्षण गर्ने विश्वास लिएका छन् ।
अहिले संसद् विघटन गरेर ६७ वर्षीय इशिबाले आफ्नो ‘१०० दिन’ को शासन अवधि सकिनुअघि नै आफ्नो पार्टीलाई परीक्षण गर्न चाहेकाले संसद विघटन गरेको बताएका छन् । केही मतदाताले यसलाई राजनीतिक लाभका लागि संसद् विघटन गर्न ‘आफ्नो पार्टीभित्रको दबाबका सामु झुक्नु’ निराशाजनक सङ्केतका रूपमा हेरेको टिप्पणी गरिएको छ ।
यसैबीच, जापानको प्रमुख विपक्षी दल ‘कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टीले समलिङ्गी विवाहलाई वैधानिकता दिने प्रतिबद्धतासहित विविध विषयमा एलडिपीभन्दा आफूलाई अलग देखाउने प्रयास गरेको छ ।

भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबीच १० अर्बको ब्यापार सम्झौ…

आफ्नै १७८ कार्यकारी आदेशमध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय

सुटकेसमा बच्चासहित यात्रा गर्ने न्युजिल्याण्डकी एक महिला पक्राउ

यमनको समुद्री किनारमा डुंगा डुब्दा २० भन्दा बढी आप्रवासीको मृत्यु, दर्जनौं बेप…
इजरायलद्वारा सिरियाली भूभागमा हमला, दर्जनौं हतियार जफत

नाइजेरियामा सशस्त्र आपराधिक समूहद्वारा ५० भन्दा बढी व्यक्तिको अपहरण

प्रतिक्रिया