राष्ट्रपति पौडेलले दसैँको दिन टीका लगाइदिने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको दिन टीका लगाइदिने भएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार इच्छुक मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरूलाई अपरान्ह ३ बजेदेखि ३:३० बजे सम्म टीका लगाइदिने कार्यक्रम रहेको छ ।
त्यस्तै इच्छुक सर्वसाधारणलाई दिउँसो ३:३० बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति कार्यलयका अनुसार मर्यादित पोशाकमा प्रवेशद्वारनम्बर १ बाट प्रवेश गर्न पनि आग्रह गरेको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया