नयनतारा र विग्नेशको विवाहको डकुमेन्ट्री नेटफ्लिक्समा रिलिज हुने

काठमाडौँ- प्रसिद्ध दक्षिण भारतीय अभिनेत्री नयनतारा र उनका निर्देशक रहेका पति विग्नेश शिवन लोकप्रिय जोडी मध्ये एक हुन् । यी दुईको पहिलो भेट सन् २०१५ मा तमिल भाषाको रोमान्टिक कमेडी फिल्म नानुम राउडी धनको सुटिङका क्रममा भएको थियो ।
यसपछि दुवैले सात वर्षसम्म डेट गरेपछि जुन ९, २०२२ मा विवाह गरेका थिए । अब उनीहरुको विवाहको डकुमेन्ट्रीको नेटफ्लिक्समा रिलिज हुने भएको छ । ‘नयनतारा : बियन्ड द फेयरी टेल’ शिर्षकमा नेटफ्लिक्समा रिलिज हुने भएको हो ।
नयनतारा र विग्नेशको विवाह महाबलीपुरमको एक विलासी रिसोर्टमा भएको थियो । उनीहरुको विवाहमा भारतीय फिल्म उद्योगका केही चर्चित नामहरु पनि सहभागी भएका थिए । दम्पतीले आफ्नो विवाहको वृत्तचित्रको अधिकार नेटफ्लिक्सलाई बेचेका थिए । अब उनीहरुको विवाहको दुई वर्षपछि यही स्ट्रिमिङ प्लेटफर्ममा छिट्टै डकुमेन्ट्री फिल्म ‘नयनतारा : बियन्ड द फेयरी टेल’ रिलिज हुँदैछ । यद्यपी यसको रिलिज मिति बारे आधिकारिक जानकारी नआएपनि डकुमेन्ट्रीको रन टाइम भने खुलाइएको छ ।
नेटफ्लिक्सले दिएको जानकारी अनुसार वृत्तचित्रको रनटाइम १ घण्टा २१ मिनेटको हुने छ । यसमा जोडीको प्रेमकथा, उनीहरुको व्यक्तिगत कथा, उनीहरुको बिहेका केहि यादगार पलहरु र उनीहरुले सँगै बिताएका समयका झलकहरु देख्न सकिनेछ ।
फिल्मको प्रोमो ट्रेलर सेप्टेम्बर २०२२ मा रिलिज गरिएको थियो, जसमा नयनतारा र विग्नेशले एकअर्कालाई आजीवन साथीको रूपमा रोज्नुको कारणलाई हाइलाइट गरिएको थियो ।
दुवै जना अहिले दुई जुम्ल्याहा सन्तानको आमाबुवा भइसकेका छन् । विवाहको चार महिनापछि, अक्टोबर २०२२ मा नयनतारा र विग्नेश जुम्ल्याहा सन्तान उइर र उलागमका आमाबुवा बनेका थिए । दुवै सन्तान सरोगेसीको माध्यमबाट जन्मिएका हुन्, जसलाई लिएर निकै चर्चा चलेको थियो ।
नयनताराको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनका‘टेस्ट’, ‘मननगट्टी सन १९६०’, ‘थानी ओरुवान २’ र ‘डियर स्टुडेन्ट्स’ जस्ता फिल्म आउनेक्रममा रहेका छन् भने विग्नेश ‘लभ इन्स्योरेन्स कम्पनी’ को सुटिङमा व्यस्त छन् ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया