अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक

काठमाडौँ- नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ ।
अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा स्वामी प्रपन्नाचार्यको तस्बिमा समर्पण गरी आज पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक गरिएको हो ।
शोधकर्ता सोडारीले यसअघि पनि ‘के ईश्वर छ ?’, ‘साधनाको अनन्त यात्रा डा स्वामी प्रपन्नाचार्य’ र ‘धर्मभित्रको विज्ञान’ कृति प्रकाशन गरिसक्नुभएको छ । एउटा अनुवाद र २२ वटा ग्रन्थ सम्पादन गरेका सोडारीले यस ग्रन्थमा तन्त्र, मन्त्र, यन्त्रसहित साधनाका विषयलाई प्राथमिकता दिएका छन् ।
झण्डै १३ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको लेखक सोडारीले जानकारी दिए । वेदका अध्येता गुरु डा स्वामी प्रपन्नाचार्यको आशीर्वचन राखी नेपालको माटोदेखि मठमन्दिर, शिवालय, देवस्थल, तीर्थस्थलको महिमालाई मुख्य विषयवस्तु बनाइएको उनले जानकारी दिए ।
ऋषिमुनि, साधक, साधनाको गरिमालाई वैज्ञानिक दृष्टिले हेर्ने चिन्तनलाई सोडारीले तीन सय ५६ पृष्ठको यस कृतिमा समावेश गरेका छन् । अन्तिम खण्डमा पुस्तकमा वर्णित तथ्यलाई पुष्टि गर्ने ३५ वटा चित्र समावेश गरिएका छन् ।

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

प्रतिक्रिया