सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

महिला टी-२० विश्वकपमा इङ्‌ल्याण्डको लगातार दोस्रो जित

काठमाडौँ- जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङ्‌ल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा इङ्‌ल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको १२५ रनको लक्ष्य पछ्याएको इङ्‌ल्याण्डले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो ।

योसँगै इङ्‌ल्याण्डले लागातार दोस्रो जित हासिल गरेको छ र समुह बी मा २ खेलमा ४ अंक भएको छ ।

त्यस्तै पहिलो खेलमा जित हासिल गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा हार बेहोरेको छ ।