प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ - उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हरेन्द्र पाठकलाई प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षा अधिकृतमा नियुक्त भएका छन् ।
प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति हुनु भएका महासेनानी मनि कुमार श्रेष्ठ र महासेनानी विष्णु बहादुर कार्कीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक प्रमुख सेनानी डा.निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, प्रमुख सेनानी रित बहादुर रानाभाट, प्रमुख सेनानी सरोज राना र प्रमुख सेनानी सुसिल महतलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया