शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीलाई सुदूरपश्चिम रोयल्सले किनेको छ ।​

सुदूरपश्चिमले आफ्नो पहिलो च्वाइसको खेलाडीको रुपमा भण्डारीलाई लक्की ड्र मार्फत विराटनगरसँग प्रतिष्पर्धा गरेर पाएको हो । भण्डारीका लागि सुदूरपश्चिमले १० लाख खर्च गरेको छ । भण्डारीको न्यूनतम् मूल्य १० लाख नै रहेको छ ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले अक्सनमा राष्ट्रिय टिमका मिडल अडर ब्याट्सम्यान आरिस सेखलाई १५ लाख र टी-२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरालाई १२ लाखमा किनेको छ ।