बाढी, पहिरो र डुबानका कारण कोशीमा ४ अर्ब ६३ करोडको क्षति

काठमाडौँ - असोज ११ र १२ गतेको वर्षा पछि आएको बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा करिब ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कोशी प्रदेशमा बाढी पहिरोका कारण केही क्षेत्रमा यातायात संचालन नहुने स्थिति भएपनि आवतजावतमा नै समस्या नभएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले जानकारी दिए ।
आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री राईले कोशी प्रदेशका १४ जिल्लामा भएको भौतिक संरचना मर्मत तथा निर्माणका लागि तत्काल करिब १ अरब २ करोड ५० लाख रुपैया आवश्यक भएको बताए । मन्त्री राईले कोशी प्रदेशका केही योजनाहरू निर्माणमा ढिलाई भईरहेकोले सार्वजनिक सुनुवाइ गरी ठेक्का रद्द गर्ने बारे निर्णय लिने तयारी भइरहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकास मन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालयमा देखिएको बेरुजू घटाउन निर्देशन दिइएको जानकारी दिए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया