प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा

काठमाडौँ - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन ३ करोड रुपैयाँभन्दा बढी रकम हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन्।
कृषि विकास बैंकबाट १ करोड ५० लाख रुपैयाँ, नागरिक लगानी कोषबाट ५१ लाख रुपैयाँ, एसबिआई बैंकबाट २५ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख रुपैयाँ, नेपाल पूर्वाधार विकास बैंकबाट २५ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख रुपैयाँ, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट ५१ लाख रुपैयाँ रकम हस्तान्तरण भएको हो।
सो अवसरमा प्रधानमन्त्री ओलीले सहयोगकर्तालाई धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए।
मन्त्रिपरिषद्को गत सोमवारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो। कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी छ।

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

प्रतिक्रिया