सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

वीरगन्ज- सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक-एक लाखको चेक हस्तान्तरण गरेको छ । सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक-एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार प्रदेशका चार जिल्लाको ३९ जना मृतकका परिवारलाई जनही एक-एक लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको हो ।
मुख्यमन्त्री सिंहले सबै जिल्लाक प्रमुख जिल्ला अधिकारीले सनाखत गरेर पठाएको विवरणका आधारमा चेक वितरण गरेको बताए । सिमताल दुर्घटनामा पर्साबाट १०, बाराबाट ६, रौटहटबाट १९ र सर्लाहीबाट ४ जनाले ज्यान गुमाएका थिए ।

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

प्रतिक्रिया