यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना

काठमाडौँ - नेपाल प्रहरीले महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरूमा यात्रुहरूलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ ।
प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडा दर भन्दा बढी भाडा लिएमा नजिकैको टाफिक प्रहरी कार्यालय, सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु भन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय अथवा केन्द्रीय प्रहरी परिचालन कक्षको नम्बर ९८५१२८५६३५ वा प्रहरीको कन्ट्रोलको १०० नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_7kEffoq8JK_dxisms0heplyy2q5pf2qnarnuyttv00zl3emvdpmqzfcdsnjs7t4r9fgtbe1.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

प्रतिक्रिया