बाइस लाख रकमसहित दुई जना पक्राउ

महोत्तरी - महोत्तरीको दुई दिनयता स्रोत नखुलेको रु २२ लाखसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले आज रु १० लाखसहित एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरालाई पक्राउ गरेको हो । ज७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त रकमसहित सशस्त्र प्रहरी बल मटिहानीको टोलीले पक्राउ गरेको हो ।
त्यसैगरी बुधबार प्रहरीले स्रोत नखुलेको रु १२ लाखसहित सम्सी गाउँपालिका–६ का ४२ वर्षीय शेष हसमत अलीलाई पक्राउ गरेको थियो । प्र२–०२–००५प ५९९५ नम्बरको मोटरसाइकलमा उक्त रकम बोकेका हसमतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको टोलीले मनरासिश्वा नगरपालिका–२ भोल्ही चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

प्रतिक्रिया