प्रोत्साहनसहित विद्यार्थी भर्ना गरिँदै

टीकापुर : कैलाली जिल्लामा प्रोत्साहनसहित विद्यार्थी भर्ना गर्न थालिएको छ । कैलालीका विद्यालयले विद्यार्थी भर्नाका लागि विभिन्नखाले प्रोत्साहनका कार्यक्रम अघि सारेका छन् । जिल्लामा अझै कोरोना सङ्क्रमणको त्रास रहेका कारण विद्यार्थीलाई विद्यालयमा राखेर शिक्षण सिकाइ क्रियाकलाप गराउन सक्ने अवस्था छैन ।
यद्यपि सरकारले असार १ गतेदेखि शैक्षिक सत्र सुरु गरेपछि यहाँका विद्यालयले पनि विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन अभिभावक तथा विद्यार्थीलाई आकर्षित गर्न विभिन्न कार्यक्रम गर्न थालेका हुन् । कैलालीका विद्यालयले पाठ्यपुस्तक वितरण, मास्क, स्यानिटाइजर वितरण गरिरहेका छन् भने निजी विद्यालयले त साना कक्षामा भर्ना हुने विद्यार्थीलाई निःशुल्क भर्ना लिन थालेका छन् ।
यहाँका विद्यालयले सरकारको निर्देशनानुसार निःशुल्क भर्ना र पाठ्यपुस्तक वितरणका कार्यक्रम गर्दै आएका छन् । विद्यालयले आफैँ कक्षाअनुसार विद्यार्थी बोलाई विद्यार्थी भर्ना र निःशुल्क पाठ्यपुस्तक वितरण गरिरहेका छन् । विद्यालयले भर्ना अभियान र घरदैलो गर्न नसके पनि विद्यार्थी र अभिभावकमार्फत विद्यार्थीलाई समयमै भर्ना हुन जानकारी गराउन थालेका छन् । कतिपय विद्यालयले विद्यार्थीको घरघरमै गएर पाठ्यपुस्तक वितरण गर्न थालेका छन् ।
विगतका वर्षमा वैशाख महिना पहिलो सातादेखि सञ्चालन हुँदै आएको भर्ना अभियान कोरोनाका कारण यस वर्ष भने असार महिनामा गरिँदैछ । गत वर्ष पनि कोरोनाका कारण प्रभावित भएको विद्यालय भर्ना अभियान यस वर्षसमेत प्रभावित भएकाले कक्षा छाड्ने डर रहेको उनीहरूको भनाइ छ । सरकारको निर्देशनानुसार असार महिनामा विद्यार्थी अभिलेखीकरण अथवा भर्ना र निःशुल्क पाठ्यपुस्तक वितरण गर्नु भनेबमोजिम फरकफरक कक्षा र शिक्षकको व्यवस्था गरी भर्ना लिइरहेको टीकापुरस्थित कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले बताए । 'हामीले भर्ना अभियान शुरु गरेका छौँ । लामो समयदेखि घरमै बसेर बालबालिकाले पढ्न बिर्सन थालेका छन्', उनले भने, 'भर्ना गरेर किताब पाएमा विद्यार्थी कम्तीमा घरमा त पढ्लान । अब पालिकाको निर्णयानुसार विद्यालय सञ्चालनबारे टुङ्गो लाग्नेछ ।'
कर्णाली माविले भर्ना अभियानसँगै छात्रवृत्ति वितरण, पुस्तक वितरणजस्ता विद्यार्थी आकर्षित गर्ने कार्य गर्न थालेको उहाँको भनाइ छ । सबै विद्यार्थी र अभिभावकलाई जानकारी होस् भनी सार्वजनिक सूचना र विद्यार्थीमार्फत अन्य विद्यार्थीलाई पनि जानकारी गराउने गरिएको उनी बताउँछन् । 'वैशाखदेखि विद्यालय बन्द छन् । गत वर्ष पनि पाठ्यक्रम पूरा हुने गरी राम्ररी पढाइ भएन', शर्माले भने, 'कोरोना प्रभाव अझै रहेकाले भौतिक दूरी कायम गरी यी सबै क्रियाकलाप गरिरहेका छौँ ।'
यस्तै प्रगतिशील प्राथमिक विद्यालय एकतानगरले पनि कक्षानुसार विद्यार्थी बोलाई पाठ्यपुस्तक र छात्रवृत्ति प्रदान गर्न थालेको प्रधानाध्यापक कल्पना स्वर्णकारले बताउनुभयो । 'छात्रवृत्तिले विद्यार्थीलाई आकर्षित गर्छ', उनले भने, 'हामीले दूरी कायम गरेर विद्यालयका आन्तरिक काम र विद्यार्थी भर्ना कार्य गरिरहेका छौँ ।'
कोरोनाका कारण विद्यार्थी अभियान अभियानकैरूपमा सञ्चालन गर्न नसकिए पनि सबै सरोकारवाला पक्ष जिम्मेवार भई विद्यालय जाँदै गरेका विद्यार्थी र विद्यालयबाहिर रहेका विद्यार्थीलाई विद्यालयको पहुँचसम्म पुर्याउन सबैलाई सहयोग गर्न टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ । 'विद्यालय नियमित नचल्दा विद्यालय छाड्ने जोखिम बढी रहन्छ । विद्यालयबाहिर रहेका सबै बालबालिकालाई विद्यालयसम्म ल्याउन आवश्यक छ', अधिकृत अवस्थी भन्छन्, 'हामी सबैले यो अभियानमा सहकार्य गर्न आवश्यक छ । विद्यार्थी आकर्षित गर्न पालिकाले छात्रवृत्तिलगायतका कार्यक्रम गर्दै आएको छ ।' रासस

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया