बेलिब्रिज बगाएपछि वैकल्पिक मार्गको खोजी

ताप्लेजुङ - पाँचथरको हेवाखोलास्थित बेलिब्रिज बाढीले बगाएपछि ताप्लेजुङको आवागमन ठप्प भएको छ । आवागमन रोकिएपछि वैकल्पिक मार्गको खोजी सुरु गरिएको छ ।
वैकल्पिक मार्गको रूपमा फुङलिङ–बहानन्दे–दोभान–हाङपाङ हुँदै तेह्रथुमको आठराई सङ्क्रान्तिबाट मध्यपहाडी राजमार्ग प्रयोग गरेर तराई निस्कने योजना अघि बढाइएको छ । वैकल्पिक मार्ग सञ्चालन गर्न ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू र तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमलिम्बूले पहल गरेका छन् ।
आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष पोमूले बाटोको अवस्था ठीकै रहेको र ठाउँ–ठाउँमा मर्मत गर्नुपर्ने भएपनि दुवै गाउँपालिकाले सहयोग गरी यातायात सञ्चालन गर्न सकिने बताए । आठराई गाउँपालिकाले तेह्रथुमतर्फको भागको मर्मत सुरु गरेको छ भने आठराई त्रिवेणीले ताप्लेजुङतर्फको बाटो मर्मत गरिरहेको छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया