सुदूरपश्चिममा सबैभन्दा धेरै रोपाई दार्चुलामा
असार १५ सम्म ५० प्रतिशत रोपाई सम्पन्न

धनगढी : सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाई सकिएको छ । प्रदेश कृषि निर्देशनालय दिपायलका अनुसार मंगलबारसम्म ५० प्रतिशत रोपाई सकिएको हो ।
प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीका अनुसार सबैभन्दा धेरै दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०, कैलालीमा ५५ प्रतिशत रोपाई सकिएको छ । यस्तै बाजुरामा ५५, अछाममा ४५ बैतडीमा ४५, बझाङमा ४५, डोटीमा ४५ र कञ्चनपुरमा ३७ प्रतिशत धान रोपाई सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ । सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रमध्ये झण्डै ५० प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर गरिने

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

प्रतिक्रिया