बार्सिलोनामा भित्रिए गोलकिपर स्जेस्नी

काठमाडौँ- पोल्याण्डका पुर्व गोलकिपर वोज्सिच स्जेस्नीले सन्यास तोडेर बार्सिलोनासँग एक वर्षको सम्झौता गरेका छन् ।
बार्सिलोनाका नियमित गोलकिपर टेर स्टेगेन घाइते भएपछि बार्सिलोनाले युभेन्टसका पुर्व गोलकिपर स्जेस्नीलाई भित्र्याएको हो । स्जेस्नीले बार्सिलोनाको अफरलाई स्वीकार गर्दै आफ्नो सन्यास तोडेका छन् । उनले बार्सिलोनासँग एक वर्षको सम्झौता गरेका छन् । बार्सिलोनाले स्जेस्नीसँग जुन ३०, २०२५ सम्म सम्झौता गरेको जानकारी दिएको छ ।
३४ वर्षीय स्जेस्नीले गत अगस्तमा फुटबलबाट सन्यास लिएका थिए । उनले युभेन्टसका लागि सात सिजनमा २५२ खेल खेलेका थिए भने पोल्याण्डका लागि २००९ देखि २०२४ सम्म ८४ खेल खेलेका थिए ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया