बाढी पहिरोमा परी सेनाका एक अधिकृतसहित तीन जनाको निधन

काठमाडौँ- केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ ।
प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ मा पहिरोले पुरिएकाको उद्धारका क्रममा केही दिनअघि निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसैगरी अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका–१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ रहेको अवस्थामा ज्यान गएको जनाइएको छ । वतन नखुलेका एक जना भूपू हवल्दारको समेत बाढीपहिरोमा परी निधन भएको जानकारी दिइएको छ । बाढीपहिरोबाट सेनाका केही व्यारेकमा क्षति भएको जनाइएको छ ।
बाढी पहिरोका घटनालगत्तै नेपाली सेनाले प्रभावित क्षेत्रमा तत्कालै परिचालन भइ खोजी, उद्धार र राहत सामग्री वितरण कार्यमा सक्रियताका साथ काम गर्दैआएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_zh0OOui1NS_pwnse9doqzufh4zdjjhrslgyvohcg9ii3bpivkb5sgvgpyteiq8qlb28e8bw.jpg)
प्रतिक्रिया